Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

मनाऔँ तीज रियलमीसँग टिकटक च्यालेन्ज

मनाऔँ तीज रियलमीसँग टिकटक च्यालेन्ज

काठमाडाैं, ३१ भदाै । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाऔँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ ।

यस च्यालेन्जमा सहभागि हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ । उक्त भिडियोमा ह्यास्ट्याग #ManauTeejrealmeSanga र #DareToLeap प्रयाेग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागि हुन सकिनेछ ।

भाद्र २२ गते शुरु भएको यो प्रतियोगितामा भोली हरितालिका तिजको राती अर्थात असोज १ गते रातीको १२ बजेसम्म सहभागि हुन सक्नेछन् । सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ । विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x