Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

फूडमाण्डुमा ५०० भन्दा कममा फूड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क घट्याे

फूडमाण्डुमा ५०० भन्दा कममा फूड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क घट्याे

काठमाडाैं, ३१ भदाै । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फूडमाण्डुले रु. ५०० को न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, फूडमाण्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।

अब ग्राहकहरुले रु.५०० भन्दा कमको पनि अर्डर गर्न सक्नेछन्र यस्ता अर्डरमा मात्र रु. ५० को न्युनतम शुल्क लाग्नेछ । ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीती परिर्वन गरेको हो । अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन्।

साथै, फूडमाण्डुले आफ्नो डेलिभरी शुल्कको नितीमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरुलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि रु. ५० को न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो ।

परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि रु. २५ र सोभन्दा माथिको दुरीका लागि थप रु. २५ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, रु. १००० भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढिमा रु. ७५ डेलिभरी शुल्क तोकिएको छ ।

नयाँ नीतीबारे बोल्दै फूडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई  सदाको लागी हटाएकाे बताए ।

उनले भने,  ‘साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाईदा हुनेगरि केहि हेरफेर गरेका छौँ । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरुको सुझाव र प्रतिकृयालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरुलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।’

सन् २०१० देखि संचालनमा आएको फुडमाण्डु नेपालको पहिलो फुड डेलिभरी कम्पनी हो । फुडमाण्डले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरुलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरुमार्फत काठमाडौं उपत्यका र पोखरामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x