Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

२.३ प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

२.३ प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

काठमाडौं, ४ असोज । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २.३ प्रतिशतले गरेको छ । नेपाल राष्ट्र बैंका अनुसार अघिल्लो महीना बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. १३३ अर्ब २४ करोडले घटेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१०० अर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा भने साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.९ प्रतिशतले बढेको छ ।

अघिल्लो महीना बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको थियो । साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको २०७९ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७.४ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x