Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

नेपालमा पहिलो पटक हुम्तोको शो रुम काठमाडौंको न्युरोड स्थित नेपा कम्पेक्समा खुल्यो 

नेपालमा पहिलो पटक हुम्तोको शो रुम काठमाडौंको न्युरोड स्थित नेपा कम्पेक्समा खुल्यो 

काठमाडौं, ५ भदौं । नेपालमा पहिलो पटक हुम्तोको शो रुम काठमाडौंको न्युरोड स्थित नेपा कम्पेक्समा संचालनमा ल्याइएको हो । विशेषगरी ट्रेकिङ जानेहरुका लागि आवश्यक पर्ने जुत्ता, कपडा, टेन्टलगायत सबै सामाग्री हुम्तोमा पाइने छ ।

नेपाली उपभोक्तामा गुणस्तरीय र विश्वविख्यात ब्राण्डप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै हुम्ता ब्रान्ड नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ । हुम्तो विश्वव्यापी रुपमै गुणस्तरीय ब्रान्डको रुपमा स्थापित छ । नेपालीहरुको बढ्दो ब्रान्डप्रतिको आकर्षण मध्यनजर गर्दै सस्तो र सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्धेश्यले हुम्तो नेपाल भित्र्याइएको हुम्तो नेपालका कार्यकारी निर्देशक सुदर्शन न्यौपानले जानकारी दिनुभयो ।

न्युरोडसंगै अब छिट्टै नै काठमाडौको सिभिल मल, दरबारमार्ग, ठमेल, पोखरा लगायतका पर्यटकीय शहर र अन्य मुख्य शहरमा शाखा विस्तार गरिने उनले जानकारी दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *