Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अबैध तौलका सिलिन्डर बेच्नेमा नेपाल र मनोज ग्यास कम्पनी ! निगमको समेत संलग्नताको आशंका

अबैध तौलका सिलिन्डर बेच्नेमा नेपाल र मनोज ग्यास कम्पनी ! निगमको समेत संलग्नताको आशंका

काठमाडौं, ६ असोज । नेपाल आयल निगमले संशोधनसहित २०६५ सालमा जारी गरेको एलपीजी ग्यास विनियावलीले भने हाललाई १४.२ किलो तौलको सिलिन्डर मात्रै उत्पादन गरी बजारीकरण गर्न अनुमति दिएको छ । विनियावलीको दफा १६ को (क) मा १४.२ किलो तौल भएको सिलिन्डर बजारीकरण गर्न व्यवस्था गरेको छ । सोहि विनियावलीको दफा ३ को उपदफा ३ को (च) ले पहाडी र उच्च हिमाली क्षेत्रको लागि ५ किलो र व्यावसायिक प्रयोजनको लागि १९ किलो क्षमताको सिलिन्डरका लागि सैद्धान्तिक अनुमति दिन सक्ने व्यवस्था गरे पनि हाललाई १४.२ किलोमा मात्रै ग्यास भरेर बजारीकरण गर्न पाइने व्यवस्था गरेको छ ।

त्योभन्दा बढी मापदण्डको ग्यास उत्पादन र बिक्री गर्नु अवैध हो । तर बजारमा उद्योगी र व्यापारीको हालीमुहाली छ । ग्यास उद्योगीहरुले आफूखुसी सिलिन्डर बजारमा बिक्री गर्दै आएका छन् । संसदको सार्वजनिक लेखा समितिमा योगेश भट्टराईले ग्यास सिलिन्डरको तौलबारे ध्यानकर्षण गराएपछि बल्ल नेपालको आयल निगमको आँखा खुल्यो र १४.२ लिटरभन्दा बढी ग्यास बिक्री नगर्न र गरेको पाइए कारबाही गर्ने चेतावनी दियो ।

तर बिडम्बना नेपाल र मनोज ग्यास कम्पनीले खुलेआम ५० र ४१० लिटर तौलको ग्यास बिक्री गरिरहेका छन् । उनीहरुले अनुमति बिनै उत्पादित त्यो ग्यास सिलिन्डर होटल र रेष्टुरेन्टमा पुर्याउने गरेका छन् । निगममा ठूला क्षमताको ग्यास उत्पादन गर्न माग गरे पनि अनुमति नपाएका कारण बजारको मागलाई देखाउँदै अवधै धन्दा चलाइरहेका छन्। जुन काम निगमकै सेटिङ बिना सम्भवन हुनै नसक्ने उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुहुन्छ ।

हाल नेपालमा ५९ वटा ग्यास कम्पनीहरु छन् ।

ती मध्य नेपाल र मनोज दुई कम्पनीलाई निगमले तत्काल उत्पादन र वितरण रोक्न आग्रह गरेको छ । तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x