Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

दसैँ आउन २३ दिन बाँकी, नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन

दसैँ आउन २३ दिन बाँकी, नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन

काठमाडौं, १० असोज । गत वर्षको दसैँ आउनुभन्दा एक महिना अगाडि नै नयाँ नोट सट्ने मिति तय गरेको नेपाल राष्ट्र बैंकले यो वर्ष भने कहिलदेखि नयाँ नोट सटही गर्ने भन्ने निर्णय लिन सकेको छैन् । यो वर्षको दसैँ आउन अब २३ दिन मात्र बाँकी छ । काठमाडौंबाट दसैँ मनाउन गाउँ जानेहरूले आफ्नो बन्दोवस्त मिलाउन थालिसकेका छन् ।

तर, नयाँ नोट यो वर्ष कहिलेबाट सटही गर्ने भनेर अहिलेसम्म आधिकारिक निर्णय नभएको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लिराम पोखरेल बताउँछन् । राष्ट्र बैंकले यो वर्ष पनि सधैझैं नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नै दिने उनले बताए ।

“गएका वर्षहरूमा जस्तै यो वर्ष पनि हामीले प्रतिव्यक्ति १८ हजार रुपैयाँका दरले नै नयाँ नोट सटही गर्ने छौं । तर, कहिलेबाट नयाँ नोट सटही सुविधा दिने भनेर हामीले निर्णय गरेका छैनौं,” उनले भने, “नयाँ नोट बैंक तथा वित्तीय संस्थामा कति आवश्यक छ भनेर हामीले हाम्रो नोटकोष भएका वाणिज्य बैंक र नेपाल बैंकलाई मगाएका छौं । विवरण आएपछि त्यही अनुसार हामी निर्णय गछौं ।”

गत वर्ष दसैँको फूलपाति असोजको १७ गते थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असोज २६ गतेदेखि र सर्वसाधारणलाई नयाँ नोट असोज २९ गतेदेखि बाँड्ने भनेर असोज १४ गतेभन्दा अघि नै निर्णय गरेको थियो । यो वर्षको दसैँको फूलपाति कात्तिक ४ गते र विजयादशमी कात्तिक ७ गते छ । दसैँ आउन २३ दिनबाँकी रहँदा पनि राष्ट्र बैंकले नयाँ नोट सटही सुविधाको कुनै निर्णय गरेको छैन ।

सह–प्रवक्ता पोखरेलका अनुसार आन्तरिक छलफल भने भइरहेको छ । केही दिनमा नै यसबारे निर्णय हुने उनी बताउँछन् । ५, १०, २०, ५० र १०० का एक पण्डलमा १८ हजार ५०० हुने भएकाले पनि प्रतिव्यक्ति १८ हजार ५०० दिइने पोखरेल बताउँछन् । यो वर्ष नयाँ नोट साट्न जाँदा क्युआरमार्फत पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिने बताइएको छ । गत वर्ष २२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा राष्ट्र बैंकले पठाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x