Date

आइत, जेष्ठ १८, २०८२
Sun, June 1, 2025

लगानीकर्ता संरक्षण कोषमा ४७ करोड ९१ लाख जम्मा, नेप्सेले दुई लाख ५३ हजार थपेर २८ हजार फिर्ता लग्यो

लगानीकर्ता संरक्षण कोषमा ४७ करोड ९१ लाख जम्मा, नेप्सेले दुई लाख ५३ हजार थपेर २८ हजार फिर्ता लग्यो

काठमाडौं, १० असोज । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा लगानीकर्ता संरक्षण कोषमा ४७ करोड ९१ लख ९१ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनी रजिष्टार कार्यालयका अनुसार गत वर्ष मात्र यो कोषबाट ३६ लाख २० हजार रुपैयाँ कम्पनीहरूले फिर्ता लगेका छन् ।

गत वर्ष ११ कम्पनीले रकम फिर्ता लगेका हुन् । लगानीकर्ताको संरक्षणका लागि स्थापना भएको यो कोषमा हाल ५० वटा कम्पनीले रकम जम्मा गर्दै आएका छन् ।

लाभांशवापतको पैसा लिन नआउने लगानीर्ताको पैसा यो कोषमा जम्मा हुन्छ । पछि त्यो कम्पनीका लगानीकर्ता आफ्नो पैसा खोज्न आएमा यो कोषबाट दिने गरिएको छ । सोही अनुसार यो कोषमा लगानीकर्ताको पैसा नै राखिएको हुन्छ । कोष व्यवस्थापनमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष वा उनले तोकेको पदाधिकारी, कम्पनी रजिस्टार र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रतिनिधि रहने व्यवस्था छ ।

यो कोषमा गत वर्ष करिब दुई करोड रुपैयाँ जम्मा भएको छ । जसमा नेप्सेले गत वर्ष दुई करोड ५३ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ भने २८ हजार १५८ रुपैयाँ फिर्ता लगेको छ ।

अघिल्लो वर्षको अन्त्यसम्म यो कोषमा ४६ करोड २८ लाख ९९ हजार रुपैयाँ कायम थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *