Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

पर्यटन व्यवसाय कोरोना अघिकै अवस्थामा तर १० लाखको लक्ष्य भने पूरा नहुने

पर्यटन व्यवसाय कोरोना अघिकै अवस्थामा तर १० लाखको लक्ष्य भने पूरा नहुने

काठमाडौं, ११ असोज । सन् २०२३ को ८ महिनामा ६ लाख १ हजार ३६० पर्यटक नेपाल भित्रिएका छन् । यो बर्ष सरकारले १० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ । तर त्यो  लक्ष्य यो बर्ष  पूरा नहुने निश्चित जस्तै भएको छ ।

सेप्टेम्बर–नोभेम्वर मुख्य सिजन मानिन्छ । यो सिजनमा २ देखि २ लाख ५० हजारसम्म पर्यटन आउने पर्यटन ब्यवसायीको अनुमान छ । समग्रमा यो बर्ष ८ देखि ८ लाख ५० हजारसम्म पर्यटक आउन सक्छन पर्यटन ब्यवसायी राजेन्द्र सापकोटाले बताए ।

 

विश्वव्यापी कोरोना महामारी अघि सन् २०१९ को ८ महिनामा पनि ६ लाख १५ हजार ६६० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ भरिमा भने हालसम्मकै उच्च ११ लाख ९७ हजार पर्यटकले नेपाल घुम्न आएका थिए । जबकी सन् २०२१ मा १ लाख ५० हजार र २०२२ मा ६ लाख १४ हजार पर्यटक नेपाल आएका थिए ।

कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योग्दान ६ प्रतिशत छ भने १० लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । तर यो क्षेत्रको विकासको दीर्घकालीन नीति बनाउन नसक्दा पर्यटन वृद्धिको लक्ष्य केबल कागजमा मात्र सिमित बन्ने गरेको टुरिष्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष बद्री नेपालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x