Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आज इन्द्रजात्रा मनाइँदै, यी क्षेत्रमा सवारी आवागमन प्रभावित

आज इन्द्रजात्रा मनाइँदै, यी क्षेत्रमा सवारी आवागमन प्रभावित

आज काठमाडौं उपत्यकाभर इन्द्रजात्रा पर्व मनाइँदैछ | इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।

आज बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ।

यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुन अनुरोध गर्दछौं,’ महानगरले सूचना जारी गर्दै भनेको छ।

काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।इन्द्रजात्राका कारण नेप्से सेयर बजार पनि बन्द हुने भएको छ

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x