Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, १२ असोज । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँड भएको कम्पनीले जनाएको छ । त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन असोज २६ गतेसम्म दिन सकिनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन गर्न गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x