Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

ऋण उठाउँदै तिर्दै सरकार

ऋण उठाउँदै तिर्दै सरकार

काठमाडौं, १२ असोज । सरकारले ऋण उठाएर ऋण तिर्न नै खर्च गरिरहेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ ऋण प्राप्त गरेको सरकारले सावाँबापत ३८ अर्ब ७१ करोड रुपैयाँ चुक्ता गरेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा ऋण उठाएको पैसामध्ये १० अर्ब ५१ करोड ७१ लाख रुपैयाँ मात्र लगानी भएको देखिएको छ । सरकारले ऋण लिएर ऋण नै तिर्ने त गरेको हुँदैन । तर, पहिले लिएको ऋणको सावाँ तथा ब्याज तिर्न भने रकम व्यवस्थापन गर्नुपर्ने हुुन्छ । राजस्वले चालु खर्च धान्न पनि मुस्किल परेको समयमा यसका लागि सरकारले आन्तरिक ऋण उठाउन पनि सक्छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा सरकारले १५ अर्ब ७७ करोड ८३ लाख रुपैयाँ प्राप्त गरेको छ भने भदौमा ३३ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ सर्वजनिक ऋण प्राप्त गरेको हो ।
सरकारले भदौ मसान्तसम्म आन्तरिकतर्फ ३२ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने बाह्यतर्फ पाँच अर्ब ८८ करोड २६लाख रुपैयाँ भुक्तनी गरेको छ ।

अब सरकारको कुल ऋण आन्तरिक र बाह्य गरी कुल २३ खर्ब ९ अर्ब ८६ करोड रुपैयाँ छ । ऋण व्यवस्थापन कार्यालयका अनुसार बाह्य ऋण ११ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x