Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

एडीबी र विश्व बैंकको सहयोगमा सञ्चालित परियोजनामा सरकारले आफ्नो बजेटरी दायित्व पूरा गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

एडीबी र विश्व बैंकको सहयोगमा सञ्चालित परियोजनामा सरकारले आफ्नो बजेटरी दायित्व पूरा गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १२ असोज । नेपाल सरकार, एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहयोगमा परिचालित परियोजनाहरुको प्रगति तथा कार्यसम्पादन समीक्षा गरिएको छ । अर्थ मन्त्रालयले शुक्रवार एडीबी र विश्व बैंकद्वारा प्रवद्र्धित परियोजनाहरूको प्रगति मूल्याङ्कन गर्न र पोर्टफोलियो कार्यसम्पादन सुधारका लागि प्रमुख समस्या सम्बोधन गर्न समीक्षा बैठक आयोजना गरेको हो ।

अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा भएको बैठकमा अर्थ सचिव कृष्णहरि पुष्करसहित सरकारका अन्य सचिवहरु, एडीबी र विश्व बैंकका वरिष्ठ अधिकारी, आयोजना निर्देशक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सहभागीहरूले एडीबी र विश्व बैंकको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिबारे जानकारी गराएका थिए । साथै परियोजना कार्यान्वयनमा देखिएका अवरोध र चुनौती समाधानको विषयमा छलफल गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री महतले परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । साथै नेपाल सरकारका तर्फबाट विनियोजन गर्नुपर्ने बजेटको निकासाका लागि समेत समस्या हुन नदिने उनले बताए ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले परियोजना कार्यान्वयनलाई तीव्रता दिन सरकारको प्रयासको सराहना गरे । ‘सीमान्तकृत र जोखिममा परेका नेपाली जनताको भलाइका लागि परियोजनाको कार्यसम्पादन अभिवृद्धि गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

बैठकमा अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय, कार्यान्वयन गर्ने निकायहरू, एडीबी र विश्व बैंकका प्रतिनिधिहरु चुनौतिहरू पार गर्न र परियोजना कार्यान्वयन तथा वितरणलाई गति दिन मद्दत गर्नुपर्ने कामका लागि सहमत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x