Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कीर्तिपुरमा गरिमा विकास बैंककाे १२२औं शाखा कार्यालय संचालनमा

कीर्तिपुरमा गरिमा विकास बैंककाे १२२औं शाखा कार्यालय संचालनमा

काठमाडाैं, १२ असाेज ।गरिमा विकास बैंकले शाखा विस्तारका क्रममा काठमाडाैंकाे कीर्तिपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएकाे छ ।  विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय किर्तिपुरमा सञ्चालन गरेको हाे ।

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।

हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको जनाएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x