पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन, पुरानै मूल्य कायम हुने
काठमाडाैं, १४ असाेज । शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थमा बढाएकाे मूल्य सरकारले फिर्ता लिएको छ ।आज बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढेको मूल्य कायम नगर्न निगमलाई निर्देशन दिइसकेको र निगमले साविक मूल्यको सूची केहीबेरमा प्रकाशन गर्ने सरकार प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियाे ।