Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

समता पन्तलाई नेपाल बैंकको कामु सीईओको जिम्मेवारी

समता पन्तलाई नेपाल बैंकको कामु सीईओको जिम्मेवारी

काठमाडौं, १५ असोज । नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ। सीईओको रूपमा ४ वर्षे कार्यकाल सकिएसँगै कृष्णबहादुर अधिकारी औपचारिक रूपमा बाहिरिए पछि पन्तलाई कामु सिइओको जिम्मेवारी दिइएको हो ।

आजै बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख (डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एमबिएससम्मको अध्ययन गरेकी छिन्।

वि.सं २०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रूपमा नियुक्त नगरेपछि उनी बैंकबाट बाहिरिएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x