Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

अर्थ समितिमा आज नयाँ स्टक एक्सचेञ्जबारे छलफल हुने

अर्थ समितिमा आज नयाँ स्टक एक्सचेञ्जबारे छलफल हुने

काठमाडौं, १६ असोज । प्रतिनिधी सभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणबारे छलफल गर्न बैठक डाकेको छ । मंगलबार डाकिएको समिति बैठकमा आन्तरिक छलफलको एजेण्डाका रूपमा नयाँ स्टक एक्सचेञ्जलाई राखिएको छ । छलफल समितिको सभाहलमा बिहान ११ बजेदेखि हुने बताइएको छ ।

यसअघि समितिले स्टकको लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ब्रोकर लाइसेन्स वितरणका लागि बाटो खोलिदिएको समितिले स्टकका बारेमा भने केहि निर्णय गरेको थिएन् । प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रिपरिषद बैठकबाटै निर्णय गराएर स्टकको लाइसेन्स रोक्न भनेका थिए ।

अर्थसमितिको मंगलबारको आन्तरिक छलफलले सर्बोच्च अदालतको नयाँ स्टकको लाइसेन्स प्रक्रिया बारे गरेको फैसलाको कार्यान्वयन बारे आन्तरिक परामर्श गर्ने बताइएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया नरोक्न सर्बोच्च अदालतले आदेश दिएको थियो । तर अर्थ समितिले लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको थियो ।

प्रधानमन्त्री प्रचण्डले पनि मन्त्री परिषद बैठकबाट लाइसेन्स प्रक्रिया रोक्न भनेका थिए । आवेदन प्राप्त गरेर मूल्यांकन प्रक्रिया अघि बढ्न लाग्दा ब्यवसायीक घरानाहरु आफुले लाइसेन्स पाउनु पर्ने लबिङ सहित प्रधानमन्त्री समक्ष पुगेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x