Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

धितोपत्र बोर्ड र प्राइभेट इक्विटी एसोसिएसनबीच सम्झौता

धितोपत्र बोर्ड र प्राइभेट इक्विटी एसोसिएसनबीच सम्झौता

काठमाडौं, १६ असोज । नेपाल धितोपत्र बोर्ड र नेपाल प्राइभेट इक्विटी एसोसिएसनबीच सम्झौता भएको छ । एसोसियनको दोस्रो साधारणसभाको क्रममा धितोपत्र बोर्ड र एसोसिएसनबीच सम्झौता भएको हो ।

सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र एसोसियनको तर्फबाट अध्यक्ष सिद्धान्तराज पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार धितोपत्र बोर्ड र एसोसिएसनले नेपालमा वैकल्पिक लगानी वातावरण बनाउनको लागि संयुक्त रुपमा कार्य गर्ने छन्। सम्झौता संगै बोर्डले एसोसिएसनलाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको औपचारिक संस्थाको मान्यता प्रदान गरेको छ ।

सोमबारदेखि सुरु भएको विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष हमालले स्टार्टअपहरुलाई प्रबर्दन गर्न एसोसिएसन्सँग सम्झौता गर्न लागेको बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x