कृषि क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने समय सीमा बढ्यो, कुन वर्ष कति कायम गर्नुपर्ने ?

काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल कर्जा प्रवाहको १५ प्रतिशत पु¥याउनु पर्ने निर्देशन पहिले नै दिएको हो । तर, कृषि क्षेत्रमा प्रवाह हुने यो १५ प्रतिशत कर्जा एकै समयमा कायम गर्नुपर्न भने हैन ।
राष्ट्र बैंकले बिहीबार निर्देशिका जारी गरी पहिलेको व्यवस्थालाई संशोधन गरेर नयाँ व्यवस्था कायम गरेको छ । अब यो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०८४ असार मसान्तसम्म कृषि क्षेत्रमा कायम गरिएको कर्जा गर्नुपर्ने छ ।
तर, २०८१ असार मसान्तसम्म ११ प्रतिशत, २०८२ असार मसान्तसम्म १२ प्रतिशत र २०८३ असार मसान्तसम्म १३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह हुने कर्जा कायम गर्नुपर्ने छ । २०८४ असार मसान्तसम्म भने कुल कर्जाको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यसअघि २०८० असार मसान्तसम्म ११ प्रतिशत, २०८१ असार मसान्तसम्म १३ प्रतिशत, २०८२ असार मसान्तसम्म १४ प्रतिशत र २०८३ असार मसान्तसम्म १५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले यो कर्जा कायम गर्न एक वर्ष समय थप गरिदिएको छ । यसरी समय थप गर्दा बैंक तथा वित्तीय संस्थालाई केही राहात हुने नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावाली बताउँछन् ।