Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नेपालमा फोकस बलियो बनाउँदै बोश, डिजेल व्यवसाय अझ बढाउने लक्ष्य

नेपालमा फोकस बलियो बनाउँदै बोश, डिजेल व्यवसाय अझ बढाउने लक्ष्य

काठमाडौं, १९ असाेज । नेपाल प्रवेशको एक वर्षभन्दा बढी समय हुँदा बोशले नेपालालाई रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनर्स्थापित गरेको छ । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले बजारमा लगानी जारी राख्नेछ भने अब्बल डिजेल सर्भिस दिनेछ ।

आफ्नो पहिलो भ्रमणमा, भारतमा बोशसमूहका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले भने, “नेपालमा विशिष्ट भौगोलिक लाभ र युवा उपभोक्ता जनसंख्याको अद्वितीय मिश्रण छ । विशाल अप्रयुक्त सम्भावनाका साथ यस क्षेत्रसँग आशाजनक भविष्य छ । बोशले यस संक्रमणको केन्द्र बिन्दु हुन चाहेको छ । हामीले यहाँ डिजेलका पार्टपुर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता बुझेका छौं र विश्वास एवं उच्च गुणस्तरीय कार्यसम्पादन मार्फत सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छौं।’

सन् २०२२ को मेमा सम्पर्क कार्यालय खोलिसकेपछि नै बोशले अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरुको विस्तृत शृंखला प्रदान गर्दै आएको थियो ।

सँगसँगै इकोसिस्टमको सपोर्ट, त्यसको हेरचाह र विस्तार गर्ने प्रमाणको रुपमा बोशले भर्खरै काठमाडौंमा आफ्नो पहिलो बोश डिजेल सर्भिस (बीडीएस) साझेदारहरुको भेला आयोजना गरेको छ । उक्त भेलामा बोशका मुख्य अटोमोटिभ वितरकहरु, नेपालमा यसका बीडीएस साझेदाहरु र प्रमुख अटो ओईएमहरु सहित करिब ६५ जना सहभागी थिए ।

बोश नेपालका कन्ट्री हेड श्री सन्दीप कामत भन्छन्, “अटोमोटिभ सेग्मेन्टमा बोश यसअघि नै तीन हजारभन्दा बढी डिलरका लागि नेपालका हरेक प्रदेशमा विस्तार भइसकेको छ । हामी हाम्रा सबै इकोसिस्टम साझेदारसँग व्यापक रुपमा सहकार्य गर्नेछौं । यो विस्तारले हामीलाई ती क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टपुर्जाको महत्व स्थापित गर्न पनि मदत गर्नेछ । मोबिलिटी बाहेक बोशले नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिइरहेको छ र विक्रीपछिको सेवाका लागि समर्पित केन्द्र स्थापना गरेको छ । सीसीटीभी, सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोशको भवन प्रविधि सोलुसन्स पनि देशका प्रमुख प्रतिष्ठानहरुमा जडान गरिएका छन् ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x