Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

निर्माण व्यवसायीले अझै पाएनन् भुक्तानी, आन्दोलनको चेतावनी

निर्माण व्यवसायीले अझै पाएनन् भुक्तानी, आन्दोलनको चेतावनी

काठमाडौं, २० असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताएका छन्। सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैं अगाडि नै भुक्तानी हुने उनले बताए।

 

असार मसान्तसम्ममा ६० देखि ७० अर्ब रुपैयाँ तिरिसकेको र अब छदेखि सात अर्ब जति बाँकी होला भएको जानकारी दिएका छन ।

तर निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले भने सरकारले केही महिना अघि गरेको ९ बुदे सम्झौता कार्यान्वयन नै नगरेको आरोप लगाएका छन् । दसैं अघि १० अर्ब भुक्तानी
नदिए दसैं लगत्तै आन्दोलनमा उत्रने चेतावनी दिए । सरकारले भुक्तानी नदिए कामदारलाई दसैं र पहिलो त्रैमासको सावाँब्याज भुक्तानी गर्न नसक्ने भन्दै सम्झौता अनुसार काम गर्न माग गरेका छन् ।

चालू आर्थिक बर्षको असोज १९ सम्म सरकारले जम्म ४ प्रतिशतमात्र अर्थात ११ अर्व मात्र बिकास खर्च गरेको छ ।

उसो त निर्माण व्यवसायीको बक्यौता रकम छिटो भुक्तानी गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संसदीय समितिले पनि निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x