Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेपाल बैंकले माग्यो सीईओका लागि आवेदन

नेपाल बैंकले माग्यो सीईओका लागि आवेदन

काठमाडौं, २१ असोज । नेपाल बैंकले खुल्ला प्रतिस्पर्धामार्फत् प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

बैंकले आइतबार एक सूचना प्रकाशन गरी २१ दिनभित्र योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य व्यक्तिले आवेदन पेश गर्न आग्रह गरेको हो ।

बैंकको सीईओका लागि आवेदन दिने व्यक्तिको योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ ।

चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्गशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुलाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।

हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी समता पन्तलाई दिइएको छ । कृष्णबहादुर अधिकारीको कार्यकाल यहि असोज १४ गतेदेखि सकिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x