चाँडपर्वको अवसरमा एनआईसी एशिया क्यापिटलकाे निःशुल्क लगानी व्यवस्थापन सेवा

काठमाडाैं, २१ असाेज । विश्वलगानीकर्ता सप्ताह, २०२३ तथा नेपालीहरुको महान चाँड बडाँदशै, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको पावन अवसरमा एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवामा असाेज २१ गते देखि मंसिर १५ गतेसम्म आवद्व हुने ग्राहकहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा सहित विशेष अफर योजनाहरु सार्वजनिक गरेको छ ।
एनआईसी एशिया क्यापिटलको चाँडपर्व अफर अन्तर्गतका छुटहरु:
१) लगानी व्यवस्थापन सेवा
निःशुल्क लगानी व्यवस्थापन सेवा
exit शुल्क नलाग्ने
मुनाफाको १० प्रतिशत मात्र पर्फमेन्स् शुल्क :
२) इनकम ग्यारेन्टेड फण्ड
वार्षिक ११.४६% ग्यारेन्टेड प्रतिफल (आश्विन महिनाको लागि मात्र)
अन्य शुल्क लागु नहुने ।
साथै सोही अवसरमा एनआईसी एशिया क्यापिटलले निम्नानुसारको थप परिमार्जित सेवाहरु सञ्चालनमा ल्याएको छ ।
(क) शेयर क्लिनिक :
धितोपत्र बजारमा हुने तिब्र उत्तार चढावबाट आम लगानीकर्ताहरुले फाइदा लिन नसकेको परिपेक्षमा एन आई सी एशिया क्यापिटलले बजारमा तिब्र उतार चडाव हुँदा के कसरी लगानी गर्ने र कसरी न्यून जोखिम लिई अधिकतम फाइदा प्राप्त गर्न सकिन्छ भन्ने जस्ता विषयमा आवश्यक जानकारी तथा परामर्श दिने मुख्य उद्देश्यका साथ पूनः “शेयर क्लिनिक” सेवा संचालनमा ल्याएको छ । उक्त सेवाका विषेश्ताहरु निम्नानुसार रहेको छन ।
ग्राहकहरुले होल्ड गरेका शेयरहरुलाई Rebalancing and Reconstruction गर्न आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।
- शेयर संग सम्बन्धित विविध समस्याको एकै ठाउँबाट समाधान
- न्यून जोखिम लिई अधिकतम नाफा प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा विशेषज्ञहरुबाट आवश्यक परामर्श उपलब्ध गराइने
- शेयरवजारको समग्र परिस्थितीलाई अध्ययन गरी लगानी रणनीति बनाउनको लागि सहयोग गरिदिने ।
(ख) संस्थापक समूहको शेयर कारोवार गर्न प्लेटफर्म :
हाल धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री प्रकृया धेरैनै झन्झटिलो रहेको र कारोबार गर्न लामो समय लाग्ने भएकोले संस्थापक समूहको शेयर कारोवारलाई सहज गरिदिने मुख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटलले “संस्थापक शेयर कारोवार प्लेटफर्म” संचालनमा ल्याएको हो । यस अन्तर्गत कुनैपनि व्यक्ति तथा संस्थाहरुसंग भएको संस्थापक समूहको शेयर बिक्री गर्न वा कुनै पनि कम्पनीको संस्थापक समूको शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आफ्नो विवरण (खरिद वा बिक्री गर्न चाहेको संस्थापक कम्पनीकोे नाम, खरिद वा बिक्री गर्न चाहेको मूल्य, जम्मा शेयर कित्ता संख्या र आफ्नो सम्पर्क विवरण) [email protected] मा उपलब्ध गराउन सक्नुहुने छ । उपलब्ध विवरणको आधारमा क्यापिटलले शेयर खरिद बिक्री तथा कारोवार गर्नको लागि सम्पुर्ण आवश्यक प्रकृया अगाढी बढाइदिने व्यवस्था मिलाईएको छ ।
माथि उल्लेखित सेवाहरुको विस्तृत जानकारीको लागि यस क्यापिटलका आधिकारीक व्यक्ति डम्बर राईलाई मोबाइल नं. ९८४२५४१८७० मा सोझै सम्पर्क गर्न सकिने व्यहोरा समेत सहर्ष जानकारी गराइन्छ ।