गरिमा क्यापिटलकाे विश्व लगानीकर्ता सप्ताह २०२३ अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सम्पन्न

काठमाडाैं, २२ असाेज । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२३ को अभियान अन्तर्गत सप्ताहव्यापी पूंजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्क्रिया कार्यक्रमहरु गरी सम्पन्न गरेको छ ।
यस अन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले असाेज १६ गते गाेल्डेन गेट इन्टरनेस्नल कलेजमा पूँजी बजार साक्षरता कार्यक्रम, असाेज १७ गते सेन्ट लरेन्स कलेजमा पूँजी बजार साक्षरता कार्यक्रम, असाेज १८ गते पञ्चकन्या ग्रुपमा सेयर बजार अन्तर्क्रिया सचेतना कार्यक्रम र असाेज १९ गते उद्याेग वाणिज्य संघ स्याङ्जामा पूँजी बजार साक्षरता कार्यक्रम तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
विश्व लगानी कर्ता सप्ताह २०२३ एक हप्ते लामो आईओएस सिओद्धारा प्रवद्र्घन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पूँजी बजारसँग सम्बन्धीत जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।