Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पृथ्वीराजमार्गको मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुने

पृथ्वीराजमार्गको मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुने

तनहुँ, २८ असोज। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ । सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको हो ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमीको यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यस खण्डको काम सक्नुपर्ने अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x