Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

चीनको ग्वाङ्जाउमा १३४औँ आयात तथा निर्यात मेला सुरु

चीनको ग्वाङ्जाउमा १३४औँ आयात तथा निर्यात मेला सुरु

काठमाडाैं, २८ असाेज। चीनको दक्षिणी गुआङ्दोङ प्रान्तको राजधानी ग्वाङजाउमा आजदेखि चीन आयात तथा निर्यात मेलाको १३४औँ सत्र सुरु भएको छ । यसलाई क्यान्टन फेयर पनि भनिन्छ ।

मेला आगामी नोभेम्बर ४ सम्म चल्ने मेलाका प्रवत्ता सुबिङले बताएका छन्। मेलाले विश्वभरका खरिदकर्तालाई आकर्षित गरेको बताउदै उनले मेलाका लागि दुई सयभन्दा बढी र क्षेत्रका एक लाखभन्दा बढी खरिदकर्ताले दर्ता गरेको जानकारी दिए ।

मेलाको अनलाइन प्लेटफर्मले प्रदर्शक तथा खरिदकर्ता दुवैका लागि सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।

अघिल्लो संस्करणको तुलनामा यस सत्रका लागि प्रर्दशनी क्षेत्र ५० हजार वर्गमिटर विस्तार गरिएको र प्रर्दशनी बुथहरूको सङ्ख्या पनि चार हजार छ सयले वृद्धि हुने बताइएको छ ।

मेलामा ४३ देश र क्षेत्रका छ सय ५० उद्यमीसहित २८ हजारभन्दा बढी प्रर्दशकहरुले भाग लिने आयोजकले बताएको छ । सन् १९५७ मा सुरु भएको मेला चीनको वैदेशिक व्यापारको प्रमुख उपायका रूपमा स्थापित भएको छ । मेला वर्षको दुई पटक लाग्ने गर्दछ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *