४३.२७ अंकले बढ्याे नेप्से, ९ अर्ब ३४ कराेडकाे काराेबार
काठमाडौं,१ कात्तिक । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज शेयर बजार ४३.२७ अंकले बढेकाे छ ।आज नेप्से परिसूचक २.३२ प्रतिशतले बढेर १९०७.८९ अंकमा समेटिएको छ ।
आज ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३४ कराेड ८९ लाख ४ हजार २१८ बराबरकाे काराेबार भएकाे छ ।
आज २८६ कम्पनीको शेयर कारोबार भएकोमा २२३ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।