सुनको मूल्यमा उच्च वृद्धि, अमेरिकी डलरको विनिमय दर थप मजवुत हुनुको प्रभाव
यो साता विश्व बजारमा सुनको मुल्य बृद्धि भएको छ । इजरायल–प्यालेस्टिन द्धन्दको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिको कारण लगानीकर्ताहरु सुरक्षीत लगानीको रुपमा सुन तर्फ आकर्षित भएको कारणले सुनको मुल्य वृद्धिमा चाप परेको तर्क विश्लेषकहरुले गरेका छन् । दुई साता अघि सम्म निरन्तर बढेको सुनको मुल्य त्यस यता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि केही दिन घटेको थियो । द्धन्दका कारण कच्चा तेलको मुल्यमा समेत उतार चढाव आई त्यसको प्रभाव सुनको मुल्यमा समेत पर्न सक्ने बिश्लेषकहरुको अनुमान छ ।
नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार ८ सय ८० रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९९ हजार २५ रुपैयाँ पुगेको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम २ हजार १ सय ४५ रुपैयाँले बढी होे । यो साता नेपालीब जारमा चाँदीको मुल्यपनि बढकेो छ।साताको पहिलो दिन १हजार १सय९२ रुपैयामाँ कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय रुपैयाँ पुगकेो छ ।