अन्तिम श्रद्धान्जलीका लागि डा. देवकोटाको पार्थिक शरिर अस्पताल परिशरमा, आजै अन्त्येष्टि गरिदैं
काठमाडौ, ५ असार । बरिष्ठ न्युरोसर्जन एव पूर्व स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा आजैं अन्त्येष्टि गरिदै छ ।देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अस्पताल परिशरमा राखिएको छ । दिउँसो १ बजेसम्म अस्पताल परिशरमा राखिने छ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको हो।न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसन्त देवकोटाका अनुसार न्यूरो सर्जन देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो। उनी ६५ वर्षका थिए। उनकी पत्नी मधु देवकोटा पनि डाक्टर हुन्। उनका तीन छोरी मेधा, बसुधा र मञ्जरी छन्।डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
यसै बीच डा देवकोटाको निधनप्रति सरकारले दु:ख ब्याक्त गर्दै शोक सन्तध परिवार प्रति हार्दिक संवेदना प्रकट गरेको छ । हिजो साझ बसेको मन्त्रीपरिषद बैठकले देवकोटाको असायमीक निधनले प्रति श्रदासुमन ब्याक्त गरेको हो ।