फोनपेमा एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी
फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धि असोज ३० गते भएको थियो, जुन फोनपे सँगसँगै नेपालको सम्पूर्ण फिनटेक जगतको लागि एक महत्वपूर्ण क्षणको रुपमा उजागर भएको छ।
फोनपे नेपालमा पि.टू.यम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९% र पि.टू.पि (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२% को बजार हिस्सा लिई देशका अन्य भुक्तानी संचालकहरु मध्य सबैभन्दा अग्रणी स्थानमा रहेको छ।
२०१९ देखी सञ्चालनमा आएको फोनपे , लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको छ। लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आवद्ब गराउनु चुनौतीपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको थियो।
नेपालमा पहिलो पटक क्यू.आर प्रविधि ल्याउने फोनपे, नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभई सो सुविधाहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि अगाडि रहेको देखिन्छ।
एकै दिनमा रू १० अर्ब भन्दा बढी कारोबारहरू सेटल गर्ने आफ्नो विशाल क्षमताको माध्यमबाट, कम्पनीले नेपालको डिजिटल भुक्तानी रूपान्तरणमा ठूलो प्रभाव पारेको छ। आफ्ना सेवाहरूमा निरन्तर सुधार र नयाँ सुविधाहरू थप्ने फलस्वरूप, फोनपे ग्राहकहरूका लागि सबैभन्दा रुचाइएको भुक्तानी संचालकको रूपमा उभिएको छ।