डिशहोमको दसैं अफर मंसिर ३ गतेसम्म थप

काठमाडाैं, १३ कात्तिक । दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ।
अब डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने अफर मंसिर ३ गतेसम्म कायम हुनेछ।
उक्त अफरको ग्राहकहरूबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिनसम्मका लागि थप गरेको जनाएको छ।
थप जानकारीको लागि डिएच फाइबरनेट डिलर वा ०१–५९७०३६५ मा सिधै फोन गर्न सकिने डिशहोम फाइबर नेटले जनाएको छ।