आजकाे माैसम: पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, १५ कात्तिक। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।