साना किसानको विशेष साधारण सभा
काठमाडौं, ५ असार । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण संचालकहरुको निर्वाचनको लागि असार २९ गते विशेष साधारण सभा राख्ने भएको छ । लघुवित्तको असार ३ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा राख्ने निर्णय गरेको हो ।
लघुवित्तले उक्त विशेष साधारण सभा ललितपुर जिल्लाको जावलाखेल स्थित प्रशासनिक प्रतिष्ठानमा राख्ने भएको छ । साथै लघुवित्तले उक्त साधारण सभाको लागि असार १२ गते शेयरदर्ता किताब बन्द गर्ने जनाएको छ ।