नेपाल हाइड्रो डेभलपरको साधारण सभा असार २९ गते
काठमाडौं, ५ असार । नेपाल हाइड्रो डेभलपरले असार २९ गते ११औं वार्षिक साधारण सभाको लागि बोलाएको छ । कम्पनीको असार ४ गते बसेको संचालक समितिको बैठकले असार २९ गते वार्षिक साधारण सभा राख्ने निर्णय गरेकोे हो ।
कम्पनीले सो साधारण सभाको लागि असार १३ देखी २९ गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ ।