झण्डै ९ अंकले घट्यो शेयर बजार
काठमाडौं, ५ असार । हिजो झिनो अंकले सुधार भएको शेयर बजारमा आज गिरावट आएको छ । शेयरबजार मंगलबार ८.९७ अंकले तल झरेको छ । यो गिरावटसंगै शेयर बजारको परिसुचक नेप्से १२२८.१८ विन्दुमा पुगेको छ ।
मंगलबार कुल १५७ कम्पनीहरुको ५ लाख ८७ हजार ५५८ कित्ता शेयरको किनबेचबाट २० करोड ८४ लाख ८६ हजार १५५ रुपैयाँको कारोबार भएको छ ।