Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सातौँ घरजग्गा मेलाको आज अन्तिम दिन, १ सय करोडको कारोबार

सातौँ घरजग्गा मेलाको आज अन्तिम दिन, १ सय करोडको कारोबार

काठमाण्डौँ, ५ असार । काठमाण्डौँको भृकुटीमण्डपमा आयोजित सातौँ घरजग्गा मेलाले १ सय करोड बराबरको कारोबार गरेको छ । मेलाको अन्तिम दिन पनि अपाटमेन्ट तथा घर जग्गा बुक गर्नेको चाप बढेको देखीन्छ । घरजग्गा तथा भवन निमार्ण सम्बन्धी समस्या र जिज्ञासा समाधान गर्ने उद्देश्यले मेलाको आयोजना गरीएको थियो । सस्तोमा ३७ लाख देखी ९५ लाख रुपैयाँ सम्मका घर बिक्रिका लागी राखीएको उक्त मेलामा १ सय ५० वटा स्टल रहेका थिए । जस मध्ये घर र अपाटमेन्ट गरी जम्मा ९७ को संख्यामा बुकिङ तथा बिक्रि भएका छन् ।

मेलाले नयाँ नेपाल निमार्णका लागी बैज्ञानिक व्यवस्थित एवं सुरक्षीत जग्गा विकास तथा सहरीकरणमा महत्वपुर्ण भुमिका खेलेको मेलाका संयोजक विपिन चित्रकारको दावी छ ।साथै मेलाले उपभोक्ताको रुचिलाई सम्बोधन गरेकोले अन्तीम दिनमा पनि उपभोक्ताको चासो र भिड त्येतिकै बढेको उनले बताए । असार १ गते देखी शुरु भएको सो मेला आज अन्तिम दिन हो । नेपाल जग्गा विकास तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाण्डौँ उपत्यका विकास प्राधीकरणको संयुक्त आयोजनामा भएको सो मेला १ लाख भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x