शुक्रबार राति देशैभरि भूकम्पको धक्का महसुस
काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको छ |
काठमाडौं उपत्यका र आसपासमा भूकम्पको कडा धक्का महसुस गरिएको थियो | भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।