कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता

काठमाडौं, ६ असार । कुमारी बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि बिच सम्झौता भएको छ । उक्त सम्झौतामा कुमारी बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले यसअघि भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।

बैंकको हाल ८६ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरु संचालनमा रहेका छन् । बैंकले इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा समेत दिंदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *