पोखरा फाइनान्सको अध्यक्षमा भुवनसिं गुरुङ
काठमाडौं, ६ असार । पोखरा फाइनान्सको असार ५ गते सम्पन्न २१औं वार्षिक साधारण सभा र संचालक समितिको बैठकले भुवनसिं गुरुङलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।
यस्तै सोहि सभाले शेयरधनीहरुलाई ८.६९ प्रतिशत बोनस शेयर समेत दिएको छ । बोनस शेयर पछि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।