सुनको मूल्य एकैदिन ताेलामा १००० रुपैयाँले घट्याे, कतिमा हुदैँछ किनबेच ?

काठमाडाैं, २३ कात्तिक । बुधबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनकाे मूल्य आजभने १००० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँ निर्धारण गरिएकाे छ। अघिल्लाे दिन बुधबार छापावाल सुन प्रतिताेला रू एक लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यपनि घटेकाे छ । अघिल्लाे दिन प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ८० रुपैयाँ निर्धारण गरिएकाे छ।