३० प्रतिशतले बढ्याे विप्रेषण आप्रवाह, एकै महिनामा भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड

काठमाडाैं, २४ कार्तिक । चालु आर्थिक वर्षकाे पहिलाे ३ महिनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भएकाे छ । राष्ट्र बैंकद्वारा सार्वजनिक प्रतिवेदनअनुसार साे अवधिमा विप्रेषण आप्रवाह ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो ।
यस्तै असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ ।
गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ रहेको छ ।