Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

काठमाडौं–सांघाई–काठमाडौं उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं–सांघाई–काठमाडौं उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडाें, ३ मंसिर । हिमालय एयरलाइन्सले चीनकाे सांघाईमा सिधा उडान सुरू गर्ने भएकाे छ । चीनमा आफ्नो उडान विस्तार बढाउँदै नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान सुरु गर्न लागेको हो।

हिमालय एयरलाइन्सका अनुसार डिसेम्बर २ बाट नियमित उडान सुरु गर्ने जनाएको छ। एयरलाइन्सले काठमाडौं–संघाई उडान नेपाल र चीनबीच कनेक्टिभीटी बढाउने सहयोग पुग्ने बताएको छ।हिमालयले सुरुमा हप्ताको एक उडान गर्ने र डिसेम्बर २७ पछि हप्ताको २ उडान गर्ने जनाएको छ। हरेक बुधबार र शनिबार उडान गर्ने छ।

हिमालय एयरलाइन्सको सांघाई उडानले नेपाललाई विश्वको दोस्रो ठूलो आर्थिक केन्द्रसँग सिधै जोडेको छ, जसबाट नेपालले आर्थिक तथा व्यावसायीक लाभि लिन सक्नेछ।

कम्पनीले हाल बेइजिङ र क्विङडाओमा नियमित उडान गरिरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *