Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

छठ पूजामा माटाका भाँडाकाे बिक्री बढ्यो

छठ पूजामा माटाका भाँडाकाे बिक्री बढ्यो

बाँके, ३ मङ्सिर । ब्रतालुले छठपर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाइ गरी आफ्ना लागि पूजास्थल सुरक्षित गरिसकेका छन् । घाटको सरसफाइ, सजावट गरी झकिझकाउ बनाइएको छ ।

छठ पर्वमा माटोका भाँडाको माग अत्याधिक बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।

सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो ।

नेपालगञ्जको फुल्टेक्रा, एमपीस्कुलरोड, रानीतलाउ, रामनगर, बुलबुलिया, लोधइगाउँ, पुरैनी गाउँ तथा टोलका कुमाल समुदायले माटोका विभिन्न भाँडा तयार गरेर बिक्री गर्दै आएका छन् ।

यस्ता पर्वमा भाँडा माटोकै प्रयोग गरिने प्रचलनले तिहार र छठ पर्वमा माटाका भाँडा बनाउने कुमाले जातिको पेसा फस्टाएको व्यापारी बताउँछन् ।

छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, भुर्का भुर्की, जातो, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको अवधि सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमालले बताए ।

उनका अनुसार अहिले तिहार र छठ पर्वमा पूजापाठ गर्नका लागि माटोको भाँडाको बिक्रीवितरण बढ्छ भने छठपर्व पछि आउने कार्तिक पूर्णमासी मेलाका लागि बालबालिकालाई खेल्नका लागि विभिन्न माटाका खेलौनासमेत तयार गरिन्छ ।

अहिले चाडपर्वका बेला माटाका भाँडाको राम्रो व्यापार हुने गर्दछ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x