Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

टीकापुर उद्यानमा शनिबार मात्र १० हजार छ सय पर्यटक भित्रिए

टीकापुर उद्यानमा शनिबार मात्र १० हजार छ सय पर्यटक भित्रिए

कैलाली ३ मङ्सिर । कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।

शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् ।

शनिबार पर्यटकबाट रु तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ । उद्यानमा यही मङ्सिर १ गते रु एक लाख राजस्व सङ्कलन भएको थियो । उद्यान दसैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ ।

पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोशाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ । उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिबार भित्रिएका बताए ।

‘‘दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिबार भने १० हजार भित्रिए’’, उनी भन्छन्, ‘‘बनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ ।’’

इञ्चार्ज कुँवर उद्यान किनारमा रहेको कर्णाली नदीमा रयाफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताउछन् ।

‘‘उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्’’, उनी भन्छन्, ‘‘सुदूरपश्चिम घुम्न निस्केका पर्यटक उद्यान पुगेरै फर्किन्छन् ।’’

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ । उद्यान ८५ विघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ ।

उद्यानभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी/बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन् ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x