Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल र चीन रेलमार्गमा जोडिने,रेलसम्बन्धी महत्वपूर्ण सम्झौता हुँदै

नेपाल र चीन रेलमार्गमा जोडिने,रेलसम्बन्धी महत्वपूर्ण सम्झौता हुँदै

काठमाडौ,७ असार ।  नेपाल र चीन बीच आज महत्वपूर्ण सम्झौता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनिया पक्षबीच आज रेलसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ भूमि सिगात्सेसम्म आइपुगेको रेल काठमाडौंसम्म जोड्न चीन सहमत भएपनि लगानी लगायतका विषयका  समझौताहरुमा भने अझै  टुंगो लागिसकेको छैन । केही नया परियोजनाका लागि चीनले अनुदान ब्यहोर्ने र केही ऋण दिने सम्भावना छ ।

नेपालले चीनलाई सवै अनुदानमा रेलमार्ग बनाइदिन आग्रह गरेपनि चिनियाँ पक्षले शतप्रतिशत अनुदान दिन नसक्ने कुरा घुमाउरो तरिकाले जानकारी गराएको छलफलमा सहभागी नेपालका सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपालले ऋण लिएरै भएपनि चिनियाँ रेलको परियोजना अघि बढाउने तयारी गरेको छ । तर ऋण चीन सरकारले नै दिने वा नेपालले अरु दातृ निकायँग खोज्नुपर्ने तथा चीनले नै दिने भए ब्याजदर कति हुने लगायत कुरामा सहमति हुन बाँकी छ ।

अबको बढीमा २ वर्षभित्रमा रेलको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, त्यसपछि काम थाल्ने र ५ वर्षसम्ममा सिगात्सेबाट काठमाडौंसम्म रेल ल्याइपुर्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज सहमति भए र त्यसअनुसार काम अघि बढे नेपाल र चीन रेलमार्गमा जोडिने कुरा सपना मात्र नहुने दुवै देशका सरकारी अधिकारीहरुको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x