Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटघाट, चिनियाँ रेल काठमाडौं पुग्नेमा सी आश्वस्त

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटघाट, चिनियाँ रेल काठमाडौं पुग्नेमा सी आश्वस्त

काठमाडौं, ७ असार । मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच ग्रेटहलमा बुधबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए ।

दुई नेताले द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल गर्नुका साथै कनेक्टिभिटी बढाउन अन्तरदेशीय रेल सञ्जाल विस्तारमा छलफल गरेका छन् । भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी ले नेपालले राजनीतिक स्थायित्व हासिल गरेकोमा बधाई दिदैं नेपालको विकास प्राथमिकता अनुसार चिनले पूर्णरुपमा सहयोग गर्ने आश्वस्त पारेका छन् ।

त्यसअघि, प्रधानमन्त्री ओलीले तियानअनमेन स्क्वायरस्थित स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले चिनमा बसोबास गरिरहेका नेपाली समुदायसँग भेटघाट गरेका थिए । उनले अन्यत्रजस्तै चीनमा बसोबास गरिरहेका नेपाली समुदायलाई पनि देशको सामाजिक आर्थिक विकासमा सहयोग गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओली अन्तरदेशीय प्रसारणलाइन निर्माणको अध्ययन अघि बढाउने सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि सहभागी भए । नेपाल विद्युत् प्राधिकरण र चीनको स्टेट ग्रीड कर्पोरेनिबीच केरुङ–रसुवागढी–गल्छी–रातमाटे ४०० केभी प्रसारणलाइनको सम्भाव्यता अध्ययन अघि बढाउने सहमति भएको छ । प्रधानमन्त्री ओली अन्य सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि सहभागी थिए । नेपाल र चीनबीच आठ ओटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाली व्यवसायी र चिनियाँ साझेदारहरुले जलविद्युत् उत्पादन, उद्योग, नदी नियन्त्रण, कृषि लगायतका क्षेत्रमा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दूतावासमा आयोजित कार्यक्रम सम्पन्न भएसँगै प्रधानमन्त्री ओलीले दूतावास र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) ले आयोजना गरेको ‘नेपाल चाइना विजनेस फोरम २०१८’ लाई सम्बोधन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष तीन तहको निर्वाचन सम्पन्न भएसँगै नेपाल शान्ति र स्थायित्वको बाटोमा अघि बढेको भन्दै नेपालले लगानीमैत्री वातावरण तयार गर्दै गेकाले त्यसको फाइदा लिन चिनियाँ उद्यमीलाई आग्रह गरेका थिए ।
साँझ प्रधानमन्त्री ओलीले एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष ली सिक्वानसँग भेट गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x