Date

आइत, कार्तिक १६, २०८२
Sun, November 2, 2025

नेपालमा चिनियाँ लगानी भित्र्याउन सरकारकाे गृहकार्य पुगेन : त्रिभुवनधर तुलाधर

नेपालमा चिनियाँ लगानी भित्र्याउन सरकारकाे गृहकार्य पुगेन : त्रिभुवनधर तुलाधर

काठमाडाैं, ५ मंसिर । नेपाल चाइना चेम्बर अफ कमर्सले ताताेपानी नाकाकाे प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्नेमा जाेड दिएकाे छ । चिनियाँ लगानी र पर्यटनको राम्रो गन्तव्य नेपाल बन्न सक्ने भन्दै नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले तातोपानी नाका प्रभावकारी रुपमा सञ्चालनका लागि सरकारले पहल गर्नु पर्ने बताएका हुन् ।

चीनसँग सरसामान आयात र निर्यात गर्नका लागि अन्य नाकाकाे तुलनामा तातोपानी नाका सहज हुने उनकाे बुझाइ छ । नेपालबाट तेस्राे मुलुक सामान निर्यात गर्न पनि ताताेपानी नाका प्रभावकारी हुने र यसले नेपालकाे निर्यात समेत बढ्ने उनले बताए ।

यता ताताेपानी नाकाकाे प्रभावकारी सञ्चालनले हाम्राे आन्तरीक बजार मूल्यमा समेत सकारात्मक प्रभाव पार्ने अध्यक्ष तुलाधर बताउँछन् । ‘ढुवानी सस्ताे र सहज हुँदा समानकाे मूल्य पनि घट्छ’ , उनले भने

तातोपानी नाकाको सञ्चालनले बजार मूल्य मात्र नभएर अन्य थुप्रै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन्। नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि तातोपानी हुँदै यात्रा गर्न सहज हुने उनको बुझाइ छ।

यस्तै चीनले नेपालमा लगानीका लागि चासाे देखाउँदै आए पनि नेपाल सरकारका तर्फबाट विशेष पहल नभएकाे अध्यक्ष तुलाधरकाे गुनासाे छ । ‘ नेपालको जलविद्युत, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रमा चीनले चासाे देखाँउँदै आएकाे छ तर सरकारका तर्फबाट गम्भिरता पूर्वक वार्ता भएन’ उनले भने ।

चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका २०७२ सालको भूकम्पपछि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेकाे छैन ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *