सुनकाे मूल्य स्थिर, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

काठमाडाैं, ७ मंसिर। बुधबार ३०० रुपैयाँले बढेको सुनको मूल्य आजभने स्थिर रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १६ हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ निर्धारण गरिएकाे छ । अघिल्लाे दिन बुधबार समेत छापावाल सुन प्रतिताेला रू एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ नै निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यभने घटेकाे छ । अघिल्लाे दिन प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि १४ सय ४५ रुपैयाँ निर्धारण गरिएकाे छ ।