Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुनको मुल्य घट्दै, असार यता तोलामा १३ सय रुपैयाँले घट्यो

सुनको मुल्य घट्दै, असार यता तोलामा १३ सय रुपैयाँले घट्यो

काठमाडौं, ७ । स्थानिय बजारमा सुनको मुल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको गिरावटको कारण स्थानिय बजारमा समेत यसको मुल्यमा कमी आएको हो । यता अमेरिकी डलर मजबुत बन्दै गएपछि पहेलो धातु सुन तर्फ लगानीकर्ताहरुको आकर्षणमा कमी आएको कारण सुनको मुल्य घटेको छ ।

विहीबार स्थानिय बजारमा सुन प्रति तोला ५७ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हिजोको तुलनामा तिन सय रुपैयाँले कम हो । असार १ गतेको तुलनामा असार ७ गतेसम्ममा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । असार १ गते सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x