रैराङ हाइड्रोपावरको प्राइस रेन्ज तय

काठमाडौं, ७ असार । नेपाल स्टक एक्सचेन्जले हालै सुचीकृत रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई कारोबार गर्न प्राइस रेन्ज प्रदान गरेको छ । गत हप्ता सुचीकृत यस कम्पनीलाई नेप्सेले आरआरएचपि (RRHP) सिम्बल प्रदान गरेको छ ।

कुनै पनि कम्पनीको पहिलोपटक नेप्सेमा कारोबार हुँदा कम्पनीको नेटवर्थको न्यूनतम १ गुणादेखि ३ गुणाको रेन्जमा हुनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार सो कम्पनीको लागि नेप्सेले न्यूनतम ९८.४२ रुपैयाँ र अधिकतम २९५.२३ रुपैयाँ प्राइस रेन्ज तोकिदिएको छ । कुनै कम्पनीको एक दिनमा १० प्रतिशतसम्म मात्र शेयर मूल्य घटबढ हुन सक्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *