Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तिन दिनमा राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ खिच्दै

तिन दिनमा राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ खिच्दै

काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज ३ अर्ब रुपैयाँ उठाएको छ । वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएकोले राष्ट्र बैंकले सो रकम उठाउन लागेको बताइएको छ । राष्ट्र बैंकले यो साता तेस्रो पटक वित्तीय प्रणालीबाट रकम उठाउँदै छ । आजसम्ममा राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिच्ने छ ।

राष्ट्र बैंकले व्याजदर कोरिडोर कार्यविधि २०७४ अनुसार सो रकम वित्तीय प्रणालीबाट उठाउन लागेको जनाएको छ । राष्ट्र बैंकले २ साताको लागि उक्त रकम उठाउने भएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता व्यवस्थापनको लागि मौद्रिक उपकरण प्रयोग गर्ने क्रममा व्याजदर कोरिडोर मार्फत सो कार्य गर्न लागेको हो । ३ प्रतिशत भन्दा कम व्याजदरमा राष्ट्र बैंकले २ साताको लागि वित्तीय प्रणालीबाट सो रकम उठाउने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x